मेलिनाको बैशै बेईमानी

गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘बैशै बेईमानी’को भिडियो सार्वजनिक भएको छ । राजु बाबु श्रेष्ठको शब्दमा राजन राज सिवाकोटीको संगीत रहेको गीत मेलिना एल्बममा समावेश रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा गायिका मेलिना राई स्वयमको अभिनय रहेको छ भने निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरले गरेका हुन् ।