गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ सार्बजनिक

अष्ट्रेलियाबाटै गायन यात्रा सुरु गरेका राज कुमार गोस्वामीले आफ्नो दोस्रो एल्बम ‘कोसिस २’ सिड्नीमा सार्बजनिक गरेका छन् । पाँच बर्ष अघि उनको पहिलो एल्बम ‘कोशिस’ सार्वजनिक भएको थियो ।

एल्बम बिमोचन समारोहमामा डा. नारायण प्रधान सहित सिड्नीका ब्यापारिहरुको समेत सहभागीता रहेको थियो । उनले बिमोचन समारोहमा लाईभ म्युजिकसंगै आफ्ना गीत समेत प्रस्तुत गरेका थिए । कोशिस २ मा दश वटा गीत समाबेश छन् । गोस्वामीले एल्बममा समावेश ‘साइली र माइली’ बोलको गीतको भिडियो केही दिन अगाडी सार्बजनिक गरेका थिए ।