दिवाकरको मिडियालाई अर्ती, अहिले लाज लाग्यो कि लागेन होला ?

निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइले शनिबार आफूहरु प्रेममा रहेको र बिहे गर्न लागेको खबर सार्वजनिक गरे । उनीहरुले त ऐश्वर्य फिल्म नचल्दै कोर्ट म्यारिजसम्म गरेका रहेछन् । कुरा यति गहिरो बनिसकेको रहेछ ।

तर, दिवाकर र दीपिकाको प्रेम छ भनेर अनलाइन मिडियाहरुमा समाचार आउँदा दिवाकर चिल्लाएका थिए । उनले आफू र दिपिकाविच प्रेम सम्बन्ध रहेको खबर मिडियामा आएकोमा आफ्नो ध्यानाकर्षण भएको समेत बताए । उनले, वुझेर सत्य तथ्य समाचार लेख्न पनि मिडियालाई अर्ती दिएका थिए ।

दिवाकरले मिडियालाई अर्ती दिइरहँदा दीपिकाले पनि यो सबै कुरा झुटो भएको बताएकी थिइन् । तर, शनिबार यी दुइले हामी एक अर्काको भयौ भनेर तस्बिर राखिरहँदा दिवाकरलाई त्यो स्टाटसले पोल्यो कि पोलेन होला ? किनकी, उनले त मिडियालाई अर्ती दिएर आफूहरु कुनै सम्बन्धमा नै नरहेको लेखेका थिए । जबकी, यी दुइको त कोर्ट म्यारिज नै भैसकेको रहेछ ।

मिडियाले वास्तविक कुरा लेख्दा खण्डन गर्नुको साटो मौन बस्दा राम्रो हुन्छ नी होइन ? बिहे नै गरिसक्दा पनि प्रेमको कुरा लेख्यो भनेर मिडियालाई अर्ती दिने दिवाकर र दीपिकाको वचपना नभएर यो के होला त ?