झरना बज्रचार्य फिल्मबाट हराइन्, सेल्फीमा रमाइन्

पूर्व मिस नेपाल झरना बज्रचार्य मिस नेपालहरुमा नाम कमाउने मिस नेपाल हुन् । मिस नेपालहरुले नेपालमा मिस नेपालको एक बर्षे अवधी सकिएपछि नाम कमाएको कमै मात्र छ । झरनाले भने फिल्म क्षेत्रमा पनि नाम कमाएकी हुन् ।

झरना बज्रचार्यको कतरा कतरा बोलको गीतको याद त अहिले पनि दर्शकलाई छ । तर, झरना बज्रचार्य बैबाहिक जीवनमा लागेपछि अहिले फिल्मबाट टाढा छिन् । उनलाई नेपाली फिल्मका दर्शकले मिस त गरेका छन्, तर मलेसियाका व्यापारीसँग बिहे गरेपछि झरनालाई दर्शकले फिल्ममा देख्न नपाएका हुन् ।

झरना अहिले इन्स्टाग्राममा सक्रिय छिन् । उनको सेल्फी क्रेजलाई मान्नैपर्छ । उनी यतिधेरै सेल्फीमा रमाउँछिन् कि, साच्चै उनलाई अभिनयको भोकले छाडेको भने छैन ।

आफ्नो सन्तानसँग समय बिताउन र सेल्फीमा रमाउन झरनालाई कसैले सक्दैन । झरनाको मनमा अझै पनि अभिनयको भोक छ भने उनी कुनै न कुनै रुपमा ग्ल्यामर क्षेत्रमा फर्किन्छिन् होला । झरना बज्रचार्यको फ्यान यसको प्रतिक्षामा छैनन् होला र ?