यही हो करिश्माको परिवर्तन ?

हो, संसारमा सबै मानिस परिवर्तन हुन्छन् । मानिसको जात परिवर्तनशिल भएन भने त्यसले उसलाई अघि बढ्न सहयोग गर्दैन । तर, परिवर्तन कस्तो हुने भन्ने पनि हुन्छ ।

नेपाली फिल्म लाइनमा करिश्मा श्रेष्ठको नाम बलियो बनेको छैन । करिश्मा नेपाली फिल्ममा अभिनेता सलोन बस्नेतसँगको प्रेमका कारण हिट भइन् । उनले खेलेका फिल्म असफल भएका हुन् । करिश्मालाई आफूलाई लक नलागेको भन्ने पनि लाग्छ ।

उनै, करिश्माले अब भने नयाँ निर्णय लिएकी छिन् । उनले सबै जना यो संसारमा परिवर्तन हुन्छन् भन्दै अब परिवर्तन हुने पालो आफ्नो भनेकी छिन् । करिश्माले परिवर्तन हुने पालो आफ्नो भनेपनि कस्तो परिवर्तन भन्न खोजेकी हुन् खुलाएकी छैनन् ।

करिश्मा र सलोनविच प्रेम टुटेको छ । करिश्मा अब एक्लै फिल्ममा जम्छु भनेर लागेकी हुन् कि ? उनको पहिरन पनि मज्जाले खुल्न गएको छ । उनले खुलेको कपडाको कुरा गरेकी हुन् कि ? करिश्मा कस्तो तरिकाले परिवर्तित हुँदैछिन्, हामी त प्रतिक्षा गर्दैछौ है ।