‘बिन्दास लाइफ’को दोश्रो गीत ‘आउन मेरो छेउ’ सार्बजनिक

राजु गिरिको निर्देशनमा तयार भएको फिल्म ‘बिन्दास लाइफ’मा समाबेश दोश्रो गीत ‘आउन मेरो छेउ’ सार्बजनिक गरिएको छ । लोक लयमा बनेको रिमिक्स गीतमा लक्ष्मण पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ । पौडेलकै शब्द तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु सपना लामिछाने र प्रथम खड्का फिचर्ड छन् ।

अनिल राईको कोरियोग्राफी रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्याप हानेका छन् । यो गितको सम्पादन बिनोद बमले गरेका हुन । जीवन पराजुली डि.ओ.पी रहेको फिल्ममामा रामेश्वर हुमागाईंको छायांकन रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । सपना लामिछाने निर्माता रहेको फिल्ममा सपना लामिछाने, प्रथम खड्का, चिरन अधिकारी, पल्पसा डंगोल, मदन सिटौला, गोपाल कुइँकेल, भिम खनाल लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म फागुन ३ गतेबाट प्रदर्शनमा आउने छ ।