‘चङ्गा चेट’ टाइटल ट्र्याक सार्वजनिक

प्रदर्शनको लागि केही दिनको समय बाकिँ रहँदा फिल्म ‘चङ्गा चेट’ यूनिट फिल्मको टाइटल ट्र्याक सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा कोशिश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ ।

माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालको निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्री, आयुष्मान देशराज जोशी, रविन्द्र झा बाल कलाकार कुशाग्र भट्टराई लगायकको मुख्य भूमिका रहेको छ । फिल्मको गोजीमा दाम छैन बोलको गीत चर्चित बनेको छ । निर्देशक खनालका अनुसार गोजीमा दाम हुने र नहुने बीचको चलखेल देखाएको छ ।