भोजपुरी फिल्म खेल्ने वित्तिकै नीतालाई भारतको पानी चढेछ

अभिनेत्री नीता ढुंगानालाई नेपाली फिल्ममै टिक्न फिटिफिटी छ । उनले अभिनय गरेका फिल्मको हालत हलमा आउने दर्शक हेर्दा हुन्छ । न त मल्टिप्लेक्स, न त सिंगल, नीतालाई दर्शक तान्न गाह्रो छ ।

तर, पनि नीता बेला बेलामा विभिन्न फिल्मबाट अवार्ड पाउँदा फुरुङ्ग हुन्छिन् र आफ्नो सफलता मान्छिन् । अहिले त उनी भोजपुरी फिल्म खेलिरहेकी छिन् । भोजपुरी फिल्मका स्टार निरुहवासँग उनले काम गरिरहेकी छिन् । यसैले उनलाई अहिले ठूलो उपलब्धी हासिल भएको लाग्न पनि सक्छ ।

यही भएर निरुवासँग उनले तस्बिर पोष्ट गरेको हेरिरहन पाइन्छ । यति धेरै पोष्ट त उनले पूर्व प्रेमी आमेष भण्डारीसँग प्रेममा रहँदा गर्थिन्, त्यो बाहेक अन्य नेपाली हिरोसँग उनले यसो गरेको देखिएको थिएन ।

उनले क्याप्सन पनि लेख्न भ्याइन्–‘हम हम हे बाँकी सब पानी कम हे…सेर ए हिन्दुस्तान’ । अब, नीताले यो फिल्मको संवाद लेखेकी हुन् या के हो थाहा भएन । तर, पनि नीताको यो क्याप्सन हेर्दा उनलाई भोजपुरी फिल्म खेलेपछि अब ठुलै स्टार भएछु भन्ने लागेको हुनुपर्छ ।

भोजपुरी फिल्ममा धेरै बर्ष राज गरेर पनि फेरि नेपाली फिल्म खेल्नका लागि भौतारिएका विराज भट्टलाई पनि नविर्सनु है नीताजी ।