‘गुनगुन’को दोश्रो गीत ‘चम्कियो तारा’ सार्वजनिक

फिल्म ‘गुनगुन’को दोश्रो गीत ‘चम्कियो तारा’ सार्वजनिक भएको छ । प्रदिप भट्टराइको शब्द तथा विकास चौधरीको संगीतमा मेलिना राई र दौलत राइको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा फिल्मका दुई मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाल फिचर्ड छन् ।

यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको छ । फिल्ममा संचिता र सन्नीसंगै पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । प्राथना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म कात्तिक ३० गतेबाट प्रदर्शन हुँदैछ ।