‘गोजीमा दाम छैन’का संगीतकारसंगै गीतकार सम्मानित

- मेराेफिल्म

फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ गीतले यूट्युबमा १ करोड ५० लाख भन्दा बढी भ्युज पाएको अवसरमा निर्माण यूनिटले केक काट्दै फिल्मका संगीतकार तथा गीतकारलाई सम्मान गरेको छ । संगीतकार राजनराज सिवाकोटीसंगै गीतकार हरिहर तिमिल्सिनालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

निर्मातद्वय सर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई पचास हजारको चेक हस्तान्तरण गरे । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने संगीतकार सिवाकोटीले बताए । गीतमा संगीतकार सिवाकोटीसँगै गायिका मेलिना राई र बाल गायक ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ ।

कात्तिक १६ गते शुक्रवार देखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, परमिता आरएल राणा, आयुष्मान देशराज, सन्दिप क्षेत्री, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’मा कथा प्रदीप भारद्वाजको रहेको छ ।

२०७५ कार्तिक १३ गते १७:११ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *