‘द ब्रेक अप’को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’

लभ स्टोरी फिल्म ‘द ब्रेक अप’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । फिल्म ज्वालामा आशा भोस्ले र उदित नारायण झाले गाएको उक्त गीतलाई रिमेक गरेर द ब्रेक अपमा समाबेश गरिएको हो । सार्वजनिक रिमेक भर्सनको गीतमा बिराज गौतम र मेलिना राईको स्वर रहेको छ । गीतमा शब्द बुद्धवीर लामाको रहेको छ भने संगीत शिला बहादुर मोक्तानले भरेका छन् ।

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेम राज बिसीको रहेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।