विवाह गर्दै अर्जुन – मलाइका !

भारतीय संचार माध्यमका अनुसार अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोरा विवाह बन्धनमा बाधिने भएका छन् । गत मंगलबार इटालीमा मलाईकाको ४५ औं जन्मदिनमा अर्जुन पनि संगै थिए । जन्मदिन मनाए संगै यी दुई संगै भारत फर्किएका थिए । विभिन्न कार्यक्रम तथा पार्टीहरुमा यी दुई प्राय जसो संगै देखिने गर्छन् ।

अरबाज खानकी पुर्व पत्नी तथा अभिनेता कपुरको सम्बन्धको चर्चा त पहिले बाट नै चल्दै आएको थियो । पछिल्लो समय एयरपोर्टको यी दुइको फोटो भाइरल भएसंगै विवाहको कुरा बाहिरिएको हो । अर्जुनसंग खुसी देखिने मलाइकाले पुर्व पति अरबाजसंग सन् २०१७ मा सम्बन्ध बिच्छेद गरेकी हुन् ।