नसालु आँखामा लठ्ठ भुवन (भिडियो)

दीपक राज बिश्वकर्माको गीत आखैमा हेरेर सार्वजनिक भएको छ  । गीतमा स्वर, शब्द, संगीत तथा संगीत संयोजन दीपककै रहेको छ  ।

भुवन र इन्द्रिताको अभिनय रहेको म्युजिक भिडियो निर्देशन राजेश जोन क्षेत्रीले गरेका हुन्  । श्री पराजुलीले क्यामेरा चलाएका छन् भने छायांकन सुशान्त श्रेष्ठले गरेका हुन्  ।