स्कार्लेटको पारपाचुके पछि पूर्वपतिसँगको रोमान्स

अभिनेत्री स्कारलेट जोहानसनले केही समय अघि तीन बर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेकी थिइन् । त्यस पश्चात एक्लो जीवन बिताइरहेकी उनको पुनः प्रेमको चर्चा चल्न थालेको छ । तर प्रेमी भने नया व्यक्ति नभएर उनका आफ्नै पुर्व पति रहेका छन् ।

केही समयअघि उनी रोमेन डरिक अर्थात आफ्ना पुर्व पतिसंग एउटा रेस्टुरेन्टमा सँगै खाना खाइरहेको अवस्थामा देखापरेका थिए । साथै अमेरिकी शहर न्युयोर्कको एउटा होटलमा पनि उनीहरू संगै थिए । यी दुइकी छोरी रोज चार वर्षकी भएकी छिन् र आमासँग बस्छिन् । सायद आमाबाबुलाई रोजले नै नजिक्याएकी हुन् ।