साराको किस सिन सहितको ‘केदारनाथ’ टिजर

फिल्म ‘केदारनाथ’  को अफिसियल टिजर सार्वजनिक बहेको छ । सारा अली खान यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । उनको अपोजिटमा सुशान्त सिंह राजपूत देखिने छन् ।

‘केदारनाथ’ बाढी पीडितको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो । यस अघि सारा निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ बाट डेब्यु गर्ने चर्चा चलेको थियो । दुवै फिल्म डिसेम्बरमा रिलिज भए पनि ‘केदारनाथ’ नै साराको डेब्यु फिल्म बन्ने पक्का भएको हो । अभिषेक कपूर निर्देशित फिल्म ७ डिसेम्बरमा रिलिज हुँदैछ ।