निखिलपथमा विराज

अभिनेता विराज भट्ट र निखिल उप्रेतीको टक्कर फिल्ममा लामो समयदेखि चल्दै आएको हो । निखिल र विराज दुबै द्वन्दको माध्यमबाट कहलिएकाले पनि उनीहरु विच स्टारडमको लडाई चलेको हो । तर, अभिनेत्री संचिता लुइटेलसँग बिहे गरेर निखिल मुम्बई लाग्दा विराज पनि भोजपुरी फिल्म तिर लागे ।

विराज भोजपुरी फिल्ममा सफल भए । निखिल मुम्बइबाट ५ बर्षपछि फर्किए । निखिल फर्किएलगतै आफ्नै निर्देशनमा भैरव फिल्म बनाए । फिल्म चल्यो ।

निखिल फर्किएपछि विराज पनि फर्किन खोजेका हुन् । तर,  उनलाई धेरै निर्माताले नपत्याएको हो । विराजलाई रोज राणाले पत्याएर, जय परशुराम बनाए । फिल्म चलेन, विराज फेरि हराए ।

तर, विराजको निखिललाई टक्कर दिने सोच अझै हराएका छैन । यही भएर उनी आफै निर्देशक बन्न लागेका छन् । साङ्लो फिल्ममा आफै खेल्ने र निर्देशन  पनि गर्ने तयारी उनको छ ।

निखिलले जे गरे, त्यही गर्न लागेका विराज कतै निखिलपथमा छैनन् भन्ने पनि लाग्न सक्छ । तर, विराजले फिल्म हिट बनाए भने निखिल पछि पर्नेछन् ।