प्रियंकाले बोल्न नसक्या कि मतलव नगर्या ?

नेपालमा थोरै कलाकारलाई छाडौ । धेरै कलाकार निरिह छन् । काम गर्न पायो पुग्यो । फिल्मको पब्लिसिटी गर्ने बेलामा अर्को फिल्मको निर्मातासँग थोरै डिमाण्ड पनि राख्न सक्दैनन् ।

भोलीबाट चंगाचेट फिल्म चल्दैछ । यो फिल्मको मुख्य हतियार रियल लाइफ जोडी आयुष्मान देशराज  जोशी र प्रियंका कार्की हुन् ।

यी दुबै कलाकार यो फिल्मको पब्लिसिटीमा छैनन् । किनकी, यी दुइ ३ दिन अघि सुरु भएको फिल्म प्रेमदिवसको छायांकन गर्न पूर्व पुगेका छन् । ४५ दिन यी दुई छायांकन मै हुनेछन् ।

आफू अभिनित फिल्म चल्न बाँकी एक साता मात्र हुँदा यी दुइले नयाँ फिल्मको सेड्यूल सुरु गरे ।

निर्देशक योगेश घिमिरेलाई प्रियंका र आयुष्मानले एक सातापछि प्रेमदिवसको छायांकन सुरु गरौ भनेको भए उनको पनि केही लाग्दैनथ्यो । किनकी, चंगाचेटलाई रिलिजसम्म समय दिएर उनीहरु छायांकनमा जान सक्थे । तर, यता निर्देशक दीपेन्द्र के खनाल फिल्म चल्ने बेलामा कलाकार नभएको गुनासो गर्दै हिडेका छन् । उता आयुष्मान र प्रियंका नयाँ फिल्ममा काम गरेको लाइभ अपडेट फेसबुकबाट दिइरहेका छन् ।

एक सातापछि छायांकन सुरु गर्दा यी दुइको पनि केही जादैनथ्यो, निर्देशक र निर्मातालाई पनि घाटा लाग्दैनथ्यो । तर,  दुबैले बोल्न सकेनन् या चाहेनन् ?  नेपालमा कलाकार काम मात्र गर्नुलाई व्यवसायिकता ठान्छन् कि क्या हो ?