विवाह, इन्गेजमेन्ट अनि बल्ल डेट ?

सामान्यतया पहिला प्रेम हुन्छ, त्यस पछि इन्गेजमेन्ट, अनि मात्रै विवाह । चलन बदलिएको छ । नेपाली फिल्म इन्डस्ट्रीमा फिल्म ऐश्वर्या मार्फत प्रवेश गरेकी दीपिका प्रसाईंले केहि दिन अघि मात्रै निर्देशक दिवाकर भट्टराईसंग इन्गेजमेन्ट गरेकी छन् ।

फिल्मी वृत्तमा चलेको यी दुइको प्रेमको बिषयमा चर्चा हुदा गलत आरोप लगाएको भन्दै पत्रकार माथि नै खनिने यी दुईको कानुनी विवाह भने इन्गेजमेन्ट भन्दा पहिले नै भैसकेको रहेछ । प्रेम सम्बन्ध अस्विकार गर्दै आएका यी दुईले इन्गेजमेन्ट गरे संग संगै बिवाह समेत भैसकेको स्वीकारेका छन् ।

इन्गेजमेन्ट लगत्तै थाइल्याण्ड उडेका यी दुईको बिवाह र इन्गेजमेन्ट पछि बल्ल डेटको समय आए जस्तो देखिन थालेको छ ।

लुकाउन खोजेको सम्बन्ध हाल भने सामाजिक संजालमा छताछुल्ल पोख्न तल्लिन छन् यी प्रेम जोडी । थाइल्याण्ड पुगेका उनीहरुको चुम्बन साटासाट सामाजिक संजालमा न त पत्रकारले हाले न आफन्तले नै । नेपाली उखान ‘खान्न खान्न लोकाचार खान थाले माना चार’ भने झैँ होइन होइन भन्दै आएका उनीहरु अहिले भने दुनियाँलाई आफ्नो निकटता देखाउन आतिएका झैँ लाग्छन् ।