लोक नाटक ‘लिलामे माइलो’

मौलिक र सामाजिक परिवेशमा आधारित नेपाली लोक नाटक ‘लिलामे माइलो’ रिहर्सलको चरणमा पुगेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक ‘ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको हो । नाटक कुञ्ज नाटक घरमा मंसिर महिनाको १४ देखी पुस ७ गते सम्म मञ्चन हुने छ ।

एक महिना सम्म कुञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रमुख शहरमा पनि मञ्चन गर्ने योजना नाटकका कार्यकारी निर्माता राजाराम गौतमको रहेको छ ।

पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट गरेर फर्की सकेको छ । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, पर्यटन प्रवर्धन गर्ने उद्द्येश्य तथा सामाजिक भावले यो किसिमको नाटक तयार पारेका निर्माण पक्षले बताउँछ ।

नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्तका दर्शका र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेछ ।

लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए ।  चरित्र निमार्ण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगेको बताए । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जाकारी दिए ।

नाटकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरि रहेको निर्माता राजाराम गौतमले जानकारी दिए । यस नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिने छ । नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । साथै काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ । नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाईने छ ।

नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरुमा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, पुष्प अवस्थि, सलमाना गुरुङ, अलविना न्यौपाने, राजन भुजेल, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम लगाएत रहेका छन् ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।