फिल्म ‘जिरो’ पोष्टर रिलिज

बलिउडका सुपरस्टार साहरुख खानको जन्मदिनको अवसर पारेर फिल्म ‘जिरो’को ट्रेलर रिलिज हुँदैछ । ट्रेलर रिलिज अगाडि फिल्मका २ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टर साहरुख खानले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

फिल्मको २ वटा पोष्टरमा साहरुखसँग २ नायिका अनुष्का शर्मा र कट्रिना कैफ देखिएका छन् । यो फिल्ममा साहरुख शारीरिक रुपमा होचो व्यक्तिको भूमिकामा देखिएका छन् । आनन्द एल रायको निर्देशनमा तयार भएको यो फिल्म डिसेम्बर २१बाट रिलिज हुँदैछ ।