स्वस्तिमा नाच्दै सार्वजनिक भयो ‘बुलबुल’को गीत
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_LHiJsmOJpo_jpxttnu2ipmt4wjrosbcw8lroa5yzgovjkgxd6qsrsti1iyqgj5dnovkghqb.jpg)
फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘खुद्राखुद्री’ बोलको गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो । भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ ।
निर्माण युनिटले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत रिलिज गरिएको हो ।
काठमान्डौ मलमा अभिनेत्री स्वस्तिमा खड्का सहितको टोलीले फ्ल्यास मोब शैलीमा नृत्य गरेका थिए । फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिनेछिन । गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् र यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन् । विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।
विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ । फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_MgHXPHShJ0_vsswoef0jfsqr9s1uaswrqxvsa14fr3jbdnldt0bmfpsg7eskjwmecn8873z.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_BRbFoIhqXC_yo7tryorccf7s2p4pbvcvtjonomvcw2crwnfqctetqxy4jtmx4zesomfnoqh.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_ihLBEU9x0r_n0szuqnclom0aeatiwngmnrbys8kchaqjuc1mxtj34os2yu5hicmquye9yqs.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_yJldhfw3Qe_fbebf3tlvsfzikbhacww3wwx8jcv3clwrxhmqx1wzsoe0t4cdnwbsmam6hxl.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया