फ्राइडे रिलिज : चङ्गा चेट भर्सेस मालिका

कार्तिक १६ गते शुक्रवार देखी दुई फिल्म चङ्गा चेट र मालिका प्रदर्शनमा आएका छन् । माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त निर्माणमा बनेको फिल्म चङ्गा चेटलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने मालिका नायिका रेखा थापा आफैँले निर्देशन गरेकी हुन् ।

फिल्म चङ्गा चेटमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मालिकामा रेका थापा संगै जाजरकोटकि कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्म शोजको कुरा गर्ने हो भने उपत्यका भित्रका मल्टिप्लेक्समा चङ्गा चेटले मालिका भन्दा बढी शोज पाएको छ । सिङ्गल थिएटरमा मालिकाको उपस्थिति बलियो हुने अड्कल फिल्म वृत्तमा गरिएको छ । कमेडी जनरामा समसामयिक विषयवस्तु उठान गरिएको चङ्गा चेट र महिला ससक्तिकरणको कथा बोकेको मालिका बिचको व्यापारिक भिडन्तमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकि छ ।