फिल्म ‘अनुग्रह’ ट्रेलर रिलिज

फिल्म ‘अनुग्रह’ को ट्रेलर सार्वजनिक भएको छ । एल भी सिने मेकर्स र अनुराग फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्देशन कुमार केसीले गरेका हुन् । फिल्ममा सुबाश मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, संजय न्यौपाने, राज गिरी, क्रिस्टिना राइ, दीपशिखा शिलवाल लगायतको अभिनय रहेको छ ।

बिक्रम डी सीको छायांकन रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्ममा शंकर थापाको संगीत तथा पदम तामांगको कोरियोग्राफी रहेको छ । सन्तोष खवासको निर्माण रहेको फिल्म यहि कार्तिक ३० बाट प्रदर्शनमा आउदै छ  ।