अरेविक फ्लेभरमा ‘चौका दाउ’को गीत ‘मेरो माया कतारमा’

- मेराेफिल्म

फिल्म ‘चौका दाउ’ को दोश्रो गीत सार्वजनिक भएको छ । सौर्य प्रोडक्सनको प्रस्तुतीमा बनेको फिल्म चौका दाउमा समावेस अरेविक फ्लेभरको गीत ‘मेरो माया कतारमा’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा फिल्ममा मुख्य कलाकारहरु अजश्र ढुंगाना, वर्षा राउत, सोनिका केसी, विल्सन बिक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह लगायत फिचर्ड छन् ।

सार्वजनिक गीतमा श्रीपुरुष ढकालको शब्द तथा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर रहेको छ भने कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका हुन् ।

पूर्णेन्दु झालेले निर्देशन गरेको फिल्ममा शम्भुजीत बासकोटाको कथा र संगीत रहेको छ । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् । पौषको २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको हो ।

२०७५ कार्तिक १६ गते ११:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *