‘साङ्लो’ बनाउदै विराज भट्ट

विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ बन्ने भएको छ । द्वन्द प्रेम र पारिवारिक कथा रहने फिल्म ‘साङ्लोमा उनी अभिनय समेत गर्दै छन् । नेपाली फिल्म क्षेत्रमा राम्रो क्रेज रहेकै अवस्थामा उनी भोजपुरी फिल्म तर्फ होमिए । र सफल पनि भए ।

केहि समय पस्चात उनी रोज रानाको फिल्म ‘पर्शुराम’ मार्फत पुनः नेपाली फिल्ममा फर्किए । तर फिल्म सफल बन्न सकेन । नेपाली फिल्म प्रतिको मोहले उनलाई छोडेन र उनी आफै लागि परेर फिल्म निर्माण गर्ने सोचमा छन् । उक्त फिल्मका लागि ३ वटा गीत तयार पारि सकिएको छ भने फिल्म छायांकनमा जान अझै केही समय लाग्ने छ ।’