रातो टिका निधारमा (भिडियो)

बुद्ध लामा र मेलिना राइको आवाजमा गीत ‘रातो टिका निधारमा’ सार्वजनिक भएको छ । प्रभा आचार्यले लेखेको गीतलाई वसन्त सापकोटाले संगीत दिएका छन् ।

भिडियोमा भिमफेदी गाइज फिचर्ड छन् । म्युजिक भिडियो दीपक आचार्यले निर्देशन गरेका हुन् । निर्मला लामाको कोरियोग्राफी रहेको भिडियो सुदीप बरालले खिचेका हुन् ।