सोनाक्षीलाई मन पर्ने पुरुष

सोनाक्षी सिन्हाले विवाह र विवाह गर्ने पुरुषका बारे केहि बताएकी छन् । उनले आफुलाई मन पर्ने जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी हुन् ।

‘‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छन् । फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुप-यो भने ? भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मन पर्ने बताईन् ।