ईलामपछि काठमाडौंमा लभ स्टेशन

लिलीविलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को फिल्म लभ स्टेशनको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो फिल्मको दुईवटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिने निर्माण टिमले जानकारी दिएको छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर फिल्म ‘लभ स्टेशन’ युनिट २ दिन अघि काठमाडौं आएको हो । बाकि छायांकन काठमाण्डौ मै हुने छ भने दुई गीत मध्ये एक गीत मनांग र अर्को जापानमा हुने छ ।

फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार फिल्म लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । फिल्म भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको फिल्म भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रससनीय भएको यी अभिनेताको भनाई छ ।

यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।