प्रियंका र आयुष्मानको सुटिङ कि डेटिङ ?

प्रेममा चुर्लुम्ब डुबेको र इन्गेजमेन्ट नै गरिसकेको जोडी एउटै फिल्ममा काम गर्यो भने आपत त्यो फिल्म बनाउनेलाई हुन्छ । किनभने, उनीहरु सुटिङलाई नै डेटिङ बनाइदिन्छन् ।

अभिनेत्री प्रियंका कार्की आफ्ना इन्गेजमेन्ट प्रेमी आयुष्मान देशराज जोशीलाई लिएर अहिले पुर्वतिर छिन् । अहिले योगेश घिमिरेको निर्देशनमा प्रेमदिवस फिल्मको काम भैरहेको छ । फिल्मको ४५ दिनको छायांकन सेड्यूल छ । यही भएर नेटवर्क पनि खासै नआउने ठाउँमा योगेशको टिम छ ।

तर, यो फिल्मको छायांकनको दैनिक तस्बिर प्रियंकाको वालमा हेर्ने हो भने उनी फिल्मलाई भन्दा आयुष्मानसँग एकसाथ हुनुमा बढी उत्साहित रहेको देख्न सकिन्छ ।

प्रियंकाले सेटमा अरु सदस्यको फोटोलाई वास्ता गरेकी छैनन् । बरु, आयुष्मानसँग रमाएका तस्बिरमा उनी धेरै रमाएकी छिन् ।

आयुष्मान र प्रियंकाको यो खालको मुड हेर्दा उनीहरु सुटिङमा होइन डेटिङमा छन् जस्तो लाग्छ । उनीहरुको यो काम गर्ने तरिकाले निर्देशक र निर्मातालाई रिस उठेको होला कि खुशी ? यो त उनीहरुलाई नै सोध्न पर्छ ।