मिस्टर एण्ड मिस थारु आकृति र रविन

मोरंगकी आकृति चौधरी यस वर्षको मिस थारु बन्न सफल भएकी छन् भने मिस्टर थारुको उपाधि रुपन्देहीका रविन चौधरीले उचालेका छन् । यसै साता सम्पन्न प्रतियोगीतामा मुख्य निर्णायकको भूमिकामा पुर्व मिस नेपाल २००० उषा खड्गी रहेकी थिइन् । विजेताका रुपमा अक्रिती र रबिनले नगद पुरस्कार पचास हजार प्राप्त गरे ।

प्रतियोगितामा विवेक चौधरी र सुनेस्वोरी कुमारी दास फस्ट रनर अप तथा दिपेन कुमार चौधरी र आशामा चौधरी सेकेन्ड रनर अप हुन सफल भए । फस्ट र सेकेन्ड रनर अप विजेतालाई क्रमश: नगद पुरस्कार पचिस हजार र पन्ध्र हजार प्रदान गरियो । जह इन्टरटेनमेन्टको आयोजना रहेको उक्त प्रतियोगितामा रजनिश र माया चौधरी मोस्ट ट्यालेन्टेड, सुनेश्वोरी कुमारी दाश र मनोज चौधरीलाइ भिअर च्वाइस, बेस्ट वाल्क बलिराम र श्रिष्टि चौधरी, बेस्ट फोटोजेनिक दिपेन र प्रियंका चौधरी, पोप्लुकर चोईस आशमा र बिबेक कुमार चौधरी, बेस्ट ड्रेस अवार्ड रबिन र सुनिता महतो र बेस्ट पेरसोनालिती आकृति र अभिषेक महतोले विजेता बन्न सफल भएका छन् ।

प्रतियोगिताको फाइनलमा बाराकी प्रियंका चौधरी, बर्दियाकी माया चौधरी, चितवनकी सृष्टि चौधरी, मोरङकी आकृति चौधरी, बाराकी उर्मिला चौधरी, महोत्तरीकी रेनु चौधरी, उदयपुरकी सुस्मिता चौधरी, सप्तरीकी इलिना चौधरी, रुपन्देहीकी सोनम चौधरी, रुपन्देहीकै मैयाँ थारु, नवलपरासीकी सुनिता महतो थारु र नवलपरासीकै डेजी महतोले प्रतिस्पर्धा गरेका थिए । यस्तै मिस्टर थारुको फाइनलमा रुपन्देही भैरहवाका रविन चौधरी, नवलपरासीका विज्ञान चौधरी, बाराका राजिव चौधरी, रौतहटका हरिशंकर चौधरी, सिराहाका परमानन्द चौधरी, रुपन्देहीका बलिराम चौधरी, रौतहटका श्यामलाल चौधरी, चितवनका दीपकमणी महतो, चितवनकै अभिषेक महतो, सर्लाहीका विवेक चौधरी, रौतहटका दीपेन कुमार चौधरी, कञ्चनपुरका मनोज चौधरी, कञ्चनपुरकै पुष्कर चौधरी, सिराहाका नितेश कुमार चौधरी, सुनसरीका रजनिश चौधरी, सिराहाका सुरजमनी चौधरी, सिराहाकै अमित चौधरी, कैलालीका टेरेन्स महतो र चितवनका मनिष महतो प्रतिस्पर्धा गरेका थिए।

अन्तिम प्रतिस्पर्धामा निर्णायक मण्डलमा पूर्वमिस नेपाल उषा खड्‌गी, सामाजिक अभियन्ता एवै फिल्म निर्माता रामलाल चौधरी, अभिनेता नाजिर हुसैन,  प्रदीप कुमार चौधरी, मिस्टर नेशनल युनिभर्स कौसिक प्रसाई र टेलिभिजन प्रस्तोता सगारिका श्रेष्ठ रहेका थिए।

प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर एवंम मिस नेपाल टप ५ प्रतिस्पर्धी निश्मा चौधरी, मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, मोडेल अफ दि वल्र्ड २०१८ दिक्पल कार्की, मिस्टर थारु २०१७ चन्दन चौधरी लगायतले प्रशिक्षण दिएका थिए । उनीहरुलाई मोटिभेसनल, एक्टिङ, पर्सनालिटी डेभलपमेण्टलगायतका विषयमा प्रशिक्षण दिईएको थियो र पहिलो सिजनका फस्ट रंनर सुभम चौधरीले सम्पूर्ण थारु ड्रेस डीजाइन गरेका थिए।