फिल्म ‘कन्या कुमारी’ बनाउदै केकी

फिल्म ‘कन्या कुमारी’ बन्ने भएको छ । केकी अधिकारी निर्माता रहने फिल्मको फाइनल ड्राफ्ट तयार भैसकेको छ ।

‘कोहलपुर एक्सप्रेस’ कै टिम रहने फिल्ममा पाँच नायिका रहने छन् । फिल्मका लागि तीन नायिका केकी अधिकारी, प्रियंका कार्की र रिचा शर्मा फाइनल भैसकेका छन् भने बाकी दुई को हुनेछन् भन्ने बारे थाहाँ पाउन केहि समय कुर्नुपर्ने हुन्छ । महिला केन्द्रित फिल्म ‘कन्या कुमारी’ को लोकेसन फाइनल गर्ने काम भइरहेको छ ।  फिल्मको औपचारिक घोषणा भने केहि दिनमा हुनेछ  ।