मालिकाले तीन दिनमा कति कमायो ?

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मालिका’ ले देशभर दर्शकहरुकोले उत्साहजनक साथ पाइरहेको छ । जाजरकोटकी कमला वलीलाई मुक्य पात्र बनाएर निर्माण भएको फिल्ममा निर्देशक रेखा थापा स्वयम्को पनि मुख्य भूमिका रहेको छ । बहुप्रतिक्षित फिल्म ‘मालिका’ ले तीन दिनमा कति कलेक्सन गर्यो यो सबैको चासोको विषय बनेको छ ।

उपत्यका वितरक करण श्रेष्ठले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा तीन दिनमा उपत्यका भित्र ५५ लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको दिन शुक्रवार कुल १२ लाख ग्रस कलेक्सन गरेको फिल्मले शुक्रवारको तुलनामा बिदाको दिन सनिवार तीन गुणा भन्दा बढी ग्रस कलेक्सन गर्न सफल भयो । फिल्मले सनिवार मात्रै ४० लाख बराबरको ग्रस कलेक्सन गरेको थियो । शुक्रबार र सनिवार फिल्मले उत्साहजनक कलेक्सन गरे पनि आइतवार भने कलेक्सनमा भारी मात्रामा ह्रास आयो । फिल्मले आइतबार जम्मा ३ लाख बराबरको ग्रास कलेक्सन गरेको वितरक श्रेष्ठले जानकारी दिए ।

उपत्यका भित्र मध्यम कलेक्सन गरेको फिल्म ‘मालिका’ ले उपत्यका बाहिर राम्रो कलेक्सन गर्न सफल भएको उपत्यका बाहिरको वितरण जिम्मा लिएको एफ. डी. कम्पनीका नरेन्द्र महर्जनले जानकारी दिए । उनले फिल्मको उपत्यका बाहिरको कलेक्सन भने खुलाउन चाहेनन्  ।

छोरीका लागि स्वर्णिम नेपाल अभियान अन्तर्गत बनेको फिल्ममा रेखा थापाको आफ्नै स्क्रिप्ट रहेको फिल्म छ ।  फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेको छ । मुख्य सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा आफैले गरेकी हुन् । मालिकामा रेखा र कमलासंगै नरबहादुर कार्कीको मुख्य भूमिका रहेको छ ।

कलेक्सन रिपोर्ट फिल्मका उपत्यका वितरक करण श्रेष्ठले दिएको जानकारीमा आधारित छ ।