स्वेता खड्काको माझी बस्तीलाई सहयोग

श्वेताश्री फाउन्डेसनद्वारा निर्माणाधिन एकीकृत नमुना माझी बस्तीका लागि सहयोग प्राप्त भएको छ । कोरियाबाट प्राप्त ४ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग पत्रकार रवि लामिछानेको हातबाट फाउन्डेसनकी अध्यक्ष तथा अभिनेत्री स्वेता खड्कालाई हस्तान्तरण गरिएको हो । बस्ति निर्माणमा आर्थिक समस्या आएपछि कोरियामा कार्यरत ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’को बिशेष टिमको पहलमा कार्तिक १७ गते शनिबार उक्त रकम हस्तान्तरण गरियो ।

‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ ले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलाई रु १२ लाख रुपैयाँ, महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई रु.१४ लाख रुपैयाँ र सामाजिक अभियन्ता के पि खनाल द्वारा बाजुरामा निर्माणाधिन अनाथालयको लागि २ लाख १२ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । माझि गाउँ निर्माणको लगभग ९५ प्रतिशत काम सकिएको छ ।