शिव बिकको ‘म पनि तिम्रै हो’ (भिडियो)

दुई हजार बढी म्युजिक भिडियोमा कोरियोग्राफी गरेका शिव बिकको गीत ‘म पनि तिम्रै हो’ सार्वजनिक भएको छ । गीतमा बिक र स्मृति शाहीको आवाज रहेको छ । अमृत लहगुनको र्र्याप रहेको गीतको शब्द रचना गोविन्द प्रसाद उपाध्यायले गरेका हुन् । गीतमा गायक बिककै संगीत रहेको छ भने संगीत संयोजन रमेश सेन्च्युरीको रहेको छ ।

गायक बिककै निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो रबिन बिकले सम्पादन गरेका हुन् । सुष्मा अधिकारी, सुन्दर खवास र शिव बिक फिचर्ड भिडियो शम्भु चालिसेले खिचेका छन् ।