आफूले गर्दा ठिक, अरुले गर्दा नौटंकी

रेखा थापा यस्ती  अभिनेत्री हुन्, जसलाई आफूले गर्दा त्यो ट्रेन्ड बसाले भन्ने लाग्छ । अरुले गर्दा गल्ती गरे भन्ने पनि लाग्छ ।

रेखा थापा आफ्नो फिल्म चल्दा हलमा सधै पुग्थिन् ।  उनी हलमा दर्शकसँग सेल्फी खिच्न, हल भित्रै गएर दर्शकसँग साक्षात्कार  गर्न अघि थिइन् । तर, अहिले पनि रेखालाई यो कुरा नौटंकी लाग्न थालेको छ  ।  रेखाले हलमा फिल्म चलेको  बेलामा जानुलाई  नौटंकी बताएकी छन् ।

तर, हलमा  पुगेर सेल्फी लिने कुराको सुरुवात त उनै रेखाले नै गरेकी हुन् । रेखा थापा दर्शक हलमा भिड लाग्दा हलमा पुगेर आफू हिट भएको साबित गर्न लालयित थिइन् । अहिले भने उनलाई अन्य कलाकार हलमा  पुग्नु नौटंकी हुन थालेको छ  ।

रेखाको अहिले मालिका फिल्म चलिरहेको छ । मालिका फिल्म हेर्न  कुमारी हल पुगेका दर्शकसँग उनले  सेल्फी लिएको फोटो पनि छ । तर, रेखा किन अरुलाई हलमा पुग्दा नौटंकी गरेको भन्ने सोचिरहेकी  होलिन् ।

दर्शकले कलाकारसँग सिधै साक्षात्कार गर्ने भनेकै फिल्म चल्ने बेलामा हो । दर्शक र कलाकारको  कनेक्शन हुने मौकालाई नौटंकी भन्न सुहाउला र ? कि आफूले बनाएका  र काम गरेका फिल्म चल्न छाडेपछि, हलमा दर्शकको भीड  हुन छाडेपछि  रेखालाई यो नौटंकी लागेको हो ? आफूले गर्दा ठिक, अरुले गर्दा नौटंकी सोच्नु एउटी पुरानी अभिनेत्रीका लागि शोभनिय भयो र ?