‘भेना’ भन्दा किन खुशी छन् आकाश ?

अभिनेता आकाश श्रेष्ठको फेसबुकमा हेर्दा, उनलाई जन्मदिनको शुभकामना दिने प्रशस्त छन् । आकाशलाई जन्मदिनको शुभकामना दिने दर्शकले प्रयोग गर्न थालेको एउटा नयाँ शब्द छ, भेना । आकाशलाई दर्शकले भेना किन भनेका होलान् ? अभिनेत्री पूजा शर्मासँग काम गरेपछि आकाश र पूजाको जोडीलाई दर्शकले मन पराए । दर्शकले यी दुइलाई बिहे गर्न पनि सुझाएका छन् ।

यी दुइले बिहे गर्लान् या नगर्लान्, तर दर्शकले भने आकाशलाई आकु भेना भन्न थालेको कमेन्टमा देख्न सकिन्छ । आकाशलाई यो कुराले कत्तीपनि रिस उठेको रहेनछ । बरु, उनी भित्र भित्र खुशी हुन थालेका छन् । आकाश आफैले पनि दर्शकले आकु भेना भन्नु हुन्छ भन्दै खुशी जताउन थालेका छन् । हुन त पुजाको नाम निर्देशक सुदर्शन थापासंग जोडिँदै आएको छ ।

पूजाका फ्यानले आकु भेना भन्दा आकाश खुशी हुन थालेपछि दालमा केही कालो छ भनेर बुझ्न कि नबुझ्ने ? के आकाश र पुजा साँच्चै प्रेममा छन् ? के आकाश पूजासँग बिहे नै गर्न चाहन्छन् ? भेना भन्दा खुशी हुने मान्छेको मनमा यो चाहना पनि त पलाएको होला ।