निखिलको ‘भिलेन’ पोस्टर सार्वजनिक

एक्सन स्टार निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको फिल्म ‘भिलेन’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा निखिलको भिलेन लुक्स देखाइएको छ भने फिल्मका अन्य कलाकार पोस्टरमा अटाएका छैनन् ।

देबेन्द्र राज पाण्डेको निर्देशन रहेको फिल्ममा निखिल र शिल्पासंगै निशा अधिकारी र कपिल खत्री मुख्य भूमिकामा प्रस्तुत छन् । द ग्लोबल पिक्चर्स प्रालीको ब्यानरमा कपिल खत्रीको प्रस्तुति रहेको फिल्म भिलेनलाई बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् । दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्ममा राज कुमार श्रेष्ठको सह-निर्माण रहेको छ । मौनता श्रेष्ठको लेखन रहेको फिल्म सौरभ लामा र मदन कायस्थ घिमिरेले खिचेका हुन् । फिल्ममा बशन्त सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, शुक्र राज शाहको द्वन्द, दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ भने वितरण सुनिल मानन्धरले गर्दै छन् । फिल्म पौष २७ गते देखि प्रदर्शनमा आउने छ ।