यू.एन.एफ.पि.ए.ले ट्विटर मार्फत गर्यो ‘मालिका’को प्रसंसा

सयुक्त राष्ट्र संघिय जनसंख्या कोषले ‘मालिका’ निर्देशक, अभीयन्ता रेखा थापाको प्रसंसा गरेको छ । यूएनएफपिएले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा ट्विट गर्दै मालिकाले लैङिक न्याय र समानताको आवाज मुखरित गरेको उल्लेख गरेको छ ।

छोरीका लागि स्वर्णिम नेपाल अभियान अन्तर्गत बनेको फिल्ममा रेखा थापाको निर्देशनमा तयार भएको हो । फिल्ममा रेखा संगै जाजरकोटकि कमला ओलीको मुख्य भूमिका रहेको छ । महिला सशक्तिकरणको लागि फिल्म ‘मालिका’ मार्फत आफुले आवाज उठाएको निर्देशक/नायिका रेखा थापाले बताउँदै आएकी छिन् । फिल्ममा नेपालको सुदुर पश्चिम क्षेत्रमा ब्याप्त बाल बिवाहको कथा उठान गरिएको छ ।