हनिमुनमा रहेकी दीपिकालाई झड्का

निर्देशक दिवाकर भट्टराईसंगको प्रेम सम्बन्ध स्वीकार गर्दै इन्गेजमेन्ट गरेर हनिमुन ट्रीपका लागि थाइल्याण्ड पुगेकी अभिनेत्री दीपिका प्रसाईलाई झड्का लागेको छ । लामो समय देखि उनीहरु प्रेममा रहेको हल्ला चल्दै आए पनि उनीहरुले त्यसलाई नकार्दै आएका थिए । केही दिन अगाडी केही अनलाइन न्युज पोर्टलमा निर्मात्री पुनम क्षेत्री गौतमको फिल्ममा नायिका दीपिका प्रसाई फाइनल भनेर समाचार प्रकासन भएका थिए ।

दीपिकाले ति समाचारहरुमा ‘Thank You’ भन्दै कमेन्ट गर्न पनि भ्याएकी थिइन् । उता निर्माण यूनिटले भने फिल्ममा दीपिका अनुबन्धित भएको औपचारिक जानकारी दिएको थिएन । यसै बिच दिपिकाले दिवाकरसंग जोडी बाँधिन र हनिमुन मनाउन थाइल्याण्ड पुगिन् । सायद हनिमुनबाट फर्कदा एउटा फिल्म हातमा छ भन्ने उनलाई लागेको थियो होला । तर यहाँ कथाले अर्कै मोड लिएको छ । दीपिका फाइनल भएको भन्दै खुसी मनाईरहँदा फिल्म निर्माण यूनिटले भने औपचारिक रुपमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई अनुबन्ध गरेको छ ।  खुसि हुँदै रमाइलो गर्न थाइल्याण्ड पुगेकी दीपिकालाई लागेन त झड्का ?