प्रियंका चोपडा निर्मित फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ पोष्टर रिलिज

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर’ टिमले रिलिज मिति तय गर्दै पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा तीन बाल कलाकार रहेका छन् । तरुण आदर्शले ट्विट मार्फत फिल्म यही डिसेम्बर ७ मा रिलिज हुने जानकारी दिएका हुन् ।

उक्त फिल्मले यसअघि जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार समेत हात पारिसकेको छ । यो फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् । फिल्ममा लेखन तथा निर्देशन पाखी ए टेरेबालेको रहेको छ ।