पुस १३मा ‘घनचक्कर’

फिल्म ‘घनचक्कर’ को रिलिज मिति सार्वजनिक भएको छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्म पुस १३ मा रिलिज हुने भएको हो ।

फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र सलोन बस्नेत रहेका छन् । फिल्मको कथा सौगात र सलोनकै वरिपरि घुमेको छ । फिल्ममा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर, प्रवन भुसाललगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन सुसन प्रजापतिले गरेका हुन् ।