फिल्म ‘गोर्खे’ को ‘सिन्की अचार’

फिल्म ‘गोर्खे’ को गीत ‘सिन्की अचार’ सार्वजनिक भएको छ । अन्जु पन्त र आर सी रिमालको स्वर रहेको गीतमा शब्द, संगीत नग्वा फिन्जु पाख्रिनको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् ।

भिडियोमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतले नृत्य गरेका छन् । सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’ लाई हरी लामा, हरी थापा र तिर्थ कोजुले निर्माण गरेका हुन् । फिल्ममा निराज कँडेलको छायांकन रहेको छ भने प्रवल प्रधानले सम्पादन गरेका छन् ।