अर्को फिल्ममा रेनशा आफै हिरोइन हुने कि ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको कारणले हो या निर्देशक रेनशा वान्तवा राइको कारणले हो, दुई जनाको सम्बन्ध इन्टु मिन्टु लण्डनमा रिलिजसम्म आउँदा त वारपार नै भयो । दुबैले एकैसाथ काम नगर्ने नै निर्णय गरेजस्तो गरे ।

खै, यी दुईमा कसको घमण्ड ज्यादा भएको हो ? जसको भएपनि यी दुई अलग भएका छन् । रेनशा वान्तवा राईले अभिनेता धिरज मगरलाई मात्र च्यापेको आरोप साम्राज्ञीको छ । साम्राज्ञीले आफूलाई समय नदिएको आरोप रेनशाको छ ।

तर, फिल्मको पब्लिसिटी र विदेश शोको फोटो हेर्दा त रेनशा फिल्मको निर्देशकमात्र नभएर हिरोइन नै हुनुपर्ने जस्तो लाग्ने के ।

रेनशा र धिरजको केमेष्ट्री मिलेको छ या रेनशा धिरजसँग जर्बजस्ती केमेष्ट्री मिलाएर साम्राज्ञीलाई देखाउन चाहन्छिन् । जे जे भएपनि अहिले यी दुईजना दक्षिण कोरियामा छन् ।

साम्राज्ञीसँग त्यती क्लोज धिरज देखिएनन्, जति रेनशासँग देखिए । रेनशामा पनि निर्देशक मात्र होइन, हिरोइन नै बन्ने ह्याङ देखियो ।

यसरी हिरोइनकै स्टाइलमा धिरजसँग शोमा पुग्ने हो भने त आई एम ट्वान्टी वानमा आफै हिरोइन बने हुन्न र रेनशाले ? के छ सोच ?