आश्माका लागि वेव सिरिज भन्दा फिल्मको कथा कमजोर

युटुबमा द कार्टुन क्रु हिट छ । यो क्रुकी मुख्य सदस्य आश्मा विश्वकर्माको त झनै धेरै फ्यान छन् । उनलाई रुचाउनेहरुको त कुरै नगरौ, देशदेखि विदेशसम्म उस्तै छ । आश्माले ३ वटा वेव सिरिजमा काम गरिसकेकी छन् । तर, उनले अझै पनि फिल्म खेल्ने सोच बनाएकी छैनन् ।

फिल्मबाट अफर भने आएको आश्मा आफैले बताएकी छन् । तर, आफूले सोचेको र खोजेको जस्तो कथा नपाएको भन्दै उनी तर्किएकी पनि छन् । आश्माका लागि द कार्टुन क्रुका गीतमा नृत्य गर्ने बाहेक अरु फुर्सद पनि छैन । तर, उनले वेव सिरिजमा खेल्न भ्याएकी भने छन् ।

आश्माका अनुसार, उनलाई अफर आएका नेपाली फिल्मका कथा स्तरिय छैनन् । उनले जे खोजेकी हुन् त्यो पाएकी छैनन् । तर, आश्मा वेव सिरिजमा आएको कथा भने रुचाइरहेकी छन् । उनले, वेव सिरिजमा आएको जस्तो कथा फिल्ममा पनि आउने हो भने काम गर्छु पनि भनेकी छन् । आश्माका अनुसार, वेव सिरिजका भन्दा उनलाई अफर आएका फिल्मका कथा कमजोर छन् ।

आश्मालाई कस्ता निर्माताले फिल्म लिएर गएछन्, जसले एउटा वेव सिरिज भन्दा पनि कमजोर कथा बुनेका छन् । आश्मालाई हिरोइन बनाउन त्यती सजिलो नहोला जस्तो छ ? उनको माग नै फरक छ ।

कि, फिल्ममा काम गर्दा वेव सिरिजमा जस्तो हिट भइदैन भन्ने डर पो हो कि ?