सरोजलाई छोडेर सन्नीसंग रोमान्स गर्दै आश्मा

वेव सिरिज ‘यू एन्ड आई’ मा द कार्टुन क्रुकी आश्मा विश्वकर्मा सन्नी सिंहका साथ देखिने भएकी छन् । कान्तिपुर टेलिभिजनबाट समेत प्रशारण हुने वेव सिरिजमा आश्मा र सन्नीका साथ श्याम राई, विशाल पहारी, विजय अधिकारी, संगिता बस्याल, उमा कार्की लगायतका कलाकारहरु रहने छन् ।

आश्मा विश्वकर्माले यस अघि धेरै म्युजिक भिडियो तथा दुई वेव सिरिजमा द कार्टुन क्रु मेम्वर सरोज अधिकारी संग काम गरेकी थिइन् । ‘यु एण्ड आइ’ मा भने उनले पहिलो पटक सरोजलाइ छोडेर सन्नीसंग जोडी बाध्न लागेकी हुन् ।

प्रेम, मित्रताको कथामा यो सिरिज बनेको निर्देशक तथा लेखक सरिन पोखरेलले जानकारी दिए । संकल्प भुँजेलको छायांकन, बसन्त अधिकारी र सरिन पोखरेलको पटकथा तथा संवाद रहेको वेव सिरिजमा राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।