सुश्री सम्पतिको दोश्रो गीत ‘झुम्की’मा बोल्ड प्रियंका

मंसिर २८ देखी प्रदर्शनमा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै फिल्मका नायक सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छन् । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने गीतमा मिना निरौला र राजन इशानले स्वर सुन्न सकिन्छ ।

तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । सार्वजनिक ‘झुम्की’ गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘हुकुम बक्सियोस’ले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ‘झुम्की’ सार्वजनिक भएको हो । रङ्ग पत्रकार सुव्रत राज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।