दीपिका पादुकोणको २० लाखको मंगलसुत्र

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विवाहको तयारीमा छन् । यी दुइको विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ ।

दीपिका र रणवीरको जोडीले १४ र १५ नोभेम्बरमा इटालीमा विवाह गर्नेछ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड सेयर गर्दै विवाहको जानकारी दिएका थिए ।

दीपिकाले आफ्नो विवाहका लागि भनेर मंगलसुत्र किनेकी छन् । उक्त मंगलसुत्रको मूल्य पनि सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ ।