साम्राज्ञी पैसाको पछि कि पैसा साम्राज्ञीको ?

नेपाली फिल्ममा पारिश्रमिकको कुरा गर्दा अभिनेताको मात्र हुन्छ । अभिनेताले ५० लाखसम्म पारिश्रमिक लिएको भन्ने कुरा पनि आउँछ । हुनत, यो कुरालाई कसैले पनि कागजी रुपमा देखाएका भने छैनन् । तर, अहिले अभिनेत्रीहरु पनि पारिश्रमिकको हल्लामा सामेल भएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यो कुरामा पहिलो नम्बरमा आउँछिन् ।

साम्राज्ञी अहिले पारिश्रमिकको हल्लामा बढी छिन् । कायराका लागि १० लाख पारिश्रमिक लिएकी साम्राज्ञीले निर्मात्री पूनम गौतमले बनाउन लागेको नयाँ फिल्मका लागि १५ लाख लिइन् । साम्राज्ञीले १० वटा फिल्म रिजेक्ट गरेर पूनमको फिल्म खेल्न तयार भइन् । यसको मतलब साम्राज्ञीले कतै पारिश्रमिक हेरेर फिल्ममा संझौता गरेकी त होइनन् भन्ने प्रश्न पनि उठेको छ ।

साम्राज्ञीले १५ लाख पारिश्रमिक पाएपछि फिल्ममा संझौता गरिन् या उनलाई निर्मात्रीले नै दिएकी हुन् ? तर, साम्राज्ञी अहिले पारिश्रमिकको रंगमा पोतिन थालेकी छिन् । यसले उनको फिल्मको दौडलाई अर्कै दिशातर्फ मोडिदिन पनि सक्छ । साम्राज्ञीको पछि पैसा छ कि साम्राज्ञी पैसाको पछि छिन्, यो सोचनिय बिषय हो ।