निखिलको संकटपूर्ण करिअरमा जुधेर के फाइदा ?

अभिनेता निखिल उप्रेतीको करिअर संकटपूर्ण नै छ । उनी अभिनित फिल्म चल्न छाडेपछि उनी संकटपूर्ण करिअरसँग जुधिरहेका छन् । यसैले पनि उनलाई एउटा फिल्म चल्नैपर्ने छ ।

तर, उनको फिल्म रिलिजको मिति हेर्दा त उनी फेरि संकटमा गुज्रिनपर्ने त होइन भन्ने भान हुन थालेको छ । निखिलको भिलेन अवतार रहेको फिल्म भिलेन पौष २७ मा आउँदैछ । तर, यो फिल्म आउनु अघि नै यो डेटमा द ब्रेकअप र चौका दाउ जस्ता फिल्मले मिति तोकिसकेका थिए । यही भएर पनि निखिलको भिलेन आउँदा चुनौती निखिललाई नै बढेको छ ।

फिल्म जुध्नु त आफैमा राम्रो होइन । झन्, ३ वटा फिल्मलाई एउटै मितिमा ल्याउनु झनै राम्रो होइन । तर, यसपटक वितरकको चेपुवामा निखिल परेका छन् । माघको १ गते हुने बिदाका लागि भिलेनलाई यो डेटमा ल्याइएको हो । संकटपूर्ण करिअर चलिरहेको छ, त्यसमा जुध्नुपर्ने अर्को पीडा थपियो भने निखिललाई गाह्रो पर्दैन र ? यो बारेमा निखिलले पनि सोच्नुपर्ने हो कि ?