‘प्रसाद’ पोस्टर

नि:सन्तान जोडीको मनोभावनामा आधारित कथामा तयार गरिएको फिल्म ‘प्रसाद’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्र नम्रता श्रेष्ठ, बिपिन कार्की र निस्चल बस्नेत प्रस्तुत छन ।
फिल्म ‘प्रसाद’को कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । यस अघी फिल्मको ‘लै लै’, ‘बनकी चरी’ गरी दुई गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । सुभाष थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।